ग्रील, स्टिल तथा आल्मोनियम व्यवसायी संघ शिवराज, बिजयनगर र कृष्णनगर नगरपालिकाको संयुक्त नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले तिरन कडेललाई अध्यक्षमा चयन गरेको छ।
संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा तिजमान राई, सचिवमा थानेस्वर अर्याल, सहसचिवमा सोस बहादुर सुनार, कोषाध्यक्षमा रमेश भुसाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार विश्वकर्मा, टेकराम गुप्ता, विद्यानिवास मौर्य, महिबुल खान, महेन्द्र चौधरी, रामचन्द्र चौधरी, बेचन तेली, विष्णु गैरे, सबु खान, शिवु अधिकारी र राजु चौधरी चयन भएका छन्। सल्लाहकारको जिम्मेवारी बलराम मरासिनीलाई दिइएको छ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे लगायतका व्यक्तित्वहरूले सम्बोधन गरेका थिए।
उनीहरूले व्यवसायीहरूको संगठनात्मक सुदृढीकरण, सहकार्य र व्यवसाय प्रवर्द्धनका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा व्यवसायीहरूको उपस्थिति उत्साहजनक रहेको थियो।
प्रतिक्रिया