Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजमा ३८ जना सहिद परिवारलाई सम्मान

शिवराज नगरपालिका वडा नं. ९ को सहयोग तथा लोक सचार मिडिया प्रालीको आयोजनामा नगरका ३८ जना सहिद परिवारलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रुन्द्र बन्जाडेले सहिदहरूले देखाएको सपनालाई पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उनीहरूको बलिदानको सम्मान गर्न समाजले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए।

नगर इन्चार्ज दिनेश पुनले देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने वीर सहिदहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै सपना पूरा गर्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका बिजयनगर इन्चार्ज अर्जुन सापकोटा, चुर बहादुर खड्का,प्रकास पौडेल,हरि क्षेष्ठ,बिष्णु सोति लगायतले सहिदका परिवारलाई सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिए।

 

कार्यक्रममा सहभागी वक्ताहरूले सहिद परिवारलाई सम्मान गर्दा मात्र पर्याप्त नहुने, बरु उनीहरूको सपना साकार पार्न सरकार तथा समाजले एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे। सहिद परिवारहरूलाई सम्मानपत्र तथा आर्थिक सहायता प्रदान गर्दै, उनीहरूको योगदानको कदर गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma