Developed By Kuldeep Sharma

१२ महिना अगाडि

अवैध कुखुरा र माछा नष्ट, दुई मोटरसाइकल नियन्त्रणमा

वडा प्रहरी कार्यालय चन्द्रौटाले अवैध रूपमा भित्र्याइएको कुखुरा र माछा नष्ट गरेको छ। प्रहरीका अनुसार शिवराज नगरपालिका–६, बिरपुर र हल्लानगर क्षेत्र हुँदै अवैध रूपमा ल्याइएको करिब ५५ हजार रुपैयाँ बराबरको कुखुरा र माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुरजजंग साहीका अनुसार कुखुरा र माछा अवैध रूपमा ल्याइएको गोप्य सूचना पाएपछि प्रहरीले तत्काल कारबाही गरेको बताउनुभयो ।
सोही कुखुरा र माछा ढुवानी गर्न प्रयोग गरिएका दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध व्यापार तथा तस्करी नियन्त्रण गर्न कडाइ गरिरहेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रहरीले उपभोक्ताको स्वास्थ्य सुरक्षाको लागि अवैध रूपमा भित्रिने खाद्य पदार्थ नियन्त्रण गर्न आवश्यक कदम चालिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma