Developed By Kuldeep Sharma

१२ महिना अगाडि

कपिलवस्तुको चन्द्रौटामा खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी गोष्ठी सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजित उक्त कार्यक्रममा खाद्य सुरक्षाका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

गोष्ठीमा वरिष्ठ खाद्य अधिकृत अनुप हलुवाइले उपभोक्ताका हक, अधिकार तथा खाद्य सुरक्षासम्बन्धी महत्वपूर्ण विषयमा जानकारी गराउनुभयो। साथै, खाद्य निरीक्षक सरोज खनालले खाद्यान्न खरिद गर्दा उपभोक्ताले गुणस्तर जाँच्नुपर्ने र व्यापारीहरूले बिक्री गर्दा म्यादको विशेष ध्यान दिनुपर्ने कुरा जोड दिँदै बताउनुभयो।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्र बेल्वासेको अध्यक्षतामा नगर उपप्रमुख शिवकुमारी थारु, निमित्त प्रशासकीय अधिकृत पूर्ण विश्वकर्मा, विभिन्न वडाका अध्यक्षहरू, उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, व्यापार संघ कपिलवस्तुका उपाध्यक्ष दीपक पौडेल लगायत व्यापारी, उपभोक्ता तथा कृषकहरूको उपस्थिति रहेको थियो।कार्यक्रमले उपभोक्ताहरुले सुरक्षित तथा स्वच्छ खाद्य वस्तु प्रयोग गर्ने बिषयमा आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma