Developed By Kuldeep Sharma

१२ महिना अगाडि

शिवराज ४ का २३० जनालाई किटनाशक झुल वितरण

कपिलवस्तु चैत्र १२

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ ले स्थानीय नागरिकलाई किटनाशक झुल वितरण गरेको छ। लामखुट्टेको टोकाइबाट बचाउन र डेंगुजस्ता रोगको जोखिम कम गर्न वडा कार्यालयले झुल वितरण गरेको हो।
वडाध्यक्ष नसिम अहमद खा ले विशेष रूपमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्दै झुल वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा कार्यालयले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यो कार्यक्रम ल्याएको हो। “हाम्रो लक्ष्य नागरिकको स्वास्थ्य जोगाउने र लामखुट्टेबाट फैलिने रोगको रोकथाम गर्नु हो,” वडाध्यक्ष खाले भन्नुभयो।
वडाले वितरण गरेको झुल पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। शिवराज नगरपालिकाले नागरिक स्वास्थ्य सुरक्षाका लागि विभिन्न योजना ल्याउँदै आएको छ। केही समय अघि वडा नम्बर ४ ले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। वडाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma