Developed By Kuldeep Sharma

१ महिना अगाडि

अर्घाखाँचीमा आगलागिमा घर गोठ जलेर नष्ट ।

अर्घाखाँची —आगलागीमा परी भूमिकास्थान नगरपालिका-७ पानडाँडामा घर र गोठ जलेर नष्ट भएका छन् ।
स्थानीय लोकबहादुर थापाको तीनतले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलकबहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
गोठमा रहेका एरउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएका छन् । घरमा आगो एक्कासि लागेको र सबै घरगोठ जलेर पूर्ण रूपमा क्षति भएका छन् । आगलागी भएपछि स्थानीय, सुरक्षाकर्मीलगायतको टोलीले निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma