Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजको स्वास्थ्य क्षेत्रमा मेयर थापाको पहल

चैत्र २२, कपिलवस्तु
शिवराज नगरपालिकामा नगर प्रमुखको रुपमा अजय थापाको आगमन सगै नगरले स्वास्थ्य क्षेत्र फड्को मारेको छ । नगरबासीहरुका लागी स्वास्थ्य सेवा सुलभ र सहज बनाउन प्रमुख थापाले स्वास्थ्यका विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएका छन । मेयर थापाले संचालन गरेका स्वास्थ्यका कार्यक्रमले नागरिकको प्रत्यक्ष संलग्नता रहदाँ स्थानिय बासी समेत खुसी भएका छन ।
पालिकामा थापा मेयरमा निर्वाचित भए संगै आधारभुत स्वास्थ्य अस्पतालमा रेबिज विरद्धको खोपमा सहजता ल्याए । रेबिजको सुइ लगाउनका लागी स्थानियलाई बुटवल जानु पर्ने बाध्यता हटेको छ । केहि वडाहरुमा बर्थिङ्ग सेन्टर संचालनमा रहे पनि आधारभूत अस्पतालमा नरहेको अवस्था थियो । सुत्केरी हुने महिलाहरुको सहजताका लागी आधारभूत अस्पतालमा मेयर थापाले बर्थिङ्ग सेन्टर संचालनमा ल्याए । बर्थिङ्ग सेन्टर संगै आधारभूत अस्पतालमा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउन एम.वि.वि.एस डाक्टरको व्यवस्था मिलाई स्थानिय नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

पालिकामा ३ वटा एम्बुलेन्स संचालनमा थिए । मेयर थापाको पहलमा २ वटा एम्बुलेन्स थप भयो र हाल १ वटा एम्बुलेन्सलाई शब वाहन र ४ वटा एम्बुलेन्स विरामीहरुको सेवामा संचालित छन । पालिकाले गर्भावती तथा सुत्केरी हुने महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । आधारभूत अस्पतालमा फार्मेसी सेवा संचालनमा रहेको छ । फार्मेसीमा निशुल्क उपलब्ध हुने औषधी बाहेक अन्य औषधीहरुमा १५ प्रतिशत छुट दिदै आएको छ । आधारभूत अस्पतालमा शव परिक्षण गृह, शव राख्ने फ्रिज, शव गृह संचालनमा रहेको मेयर थापाले बताए ।
पालिकाले संचालन गरेको आधारभूत अस्पतालमा डिआर सेन्टर संचालनमा रहेको छ । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्र्तरगत प्रथम विन्दुको उपचार हुदै आएको छ । अस्पतालमा स्थानिय बासीका लागी हरेक महिना ४ जना विशेषज्ञ डाक्टरबाट स्वास्थ्य चेकजाँच हुदै आएको छ । आधारभूत अस्पतालमा मात्रै नभएर विशेषज्ञ डाक्टरहरुबाट क्रमश हरेक वडामा मासिक रुपमा स्वास्थ्य चेकजाँच हुदै आएको मेयर थापाले बताए । मेयर थापाकै पहलमा स्वास्थ्य कार्यक्रम अन्र्तरगत बर्षमा ४ पटक जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच हुदैआएको छ । नगरका सर्पदंशका विरामीलाई निशुल्क एम्बुेन्स सेवा र गोरुसिङ्गेमा रहेको सर्पदशं उपचार केन्द्रमा निशुल्क उपचारको व्यवस्था गरिएको थापाले बताए । “ हामीले डाइलासिस गर्नु पर्ने विरामीहरुका लागी बुटवल भैरहवा सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छौ ” मेयर थापाले भने । पालिकाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरका सम्पूर्ण वडाहरुमा निशुल्क आँखा शिविर संचालन गरि ४ हजार बढि आँखाका विरामीहरुलाई सेवा प्रदान गरेको छ ।
नगरका नागरिकहरुलाइ अझ गुणस्तरिय र सहज स्वास्थ्य सेवा प्रदान गर्नको लागी १५ सैयाको अस्ताल निर्माणका लागी नगरपालिकाले जग्गा प्राप्त गरिसकेको छ । संघमा बजेट सुनिश्चित नभएकाले निर्माण कार्य सुरु नभएको मेयर थापाले जानकारी दिए । पालिकाले स्वास्थ्य क्षेत्रमा आ.व. २०८१ । ०८२ मा कर्मचारीको तलब बाहेक ६४ लाख ७६ हजार बजेट विनियोजित भएको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए । जसबाट औषधी खरिद,स्वास्थ्य संस्थाहरुको मसलन्द खर्च, विशेषज्ञ सेवा, छपाई,कुष्ठ रोग समूहलाई अनुदान,फार्मेशी संचालन,खोप कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरिएको भट्टराईले बताए । आम नागरिकको स्वास्थ्य सेवामा सहजता ल्याउन र नगरका नागरिकलाई गुणस्तरिय सेवा प्रदान गर्न नगरले आगामी बर्ष थप नयाँ योजनाहरु ल्याउने तयारी रहेको नगर प्रमुख थापाले बताए । नगरमै सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध भएपछि उपचारका लागी बुटवल धाउनु पर्ने बाध्यता समेत हटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma