बैशाख १८
श्रम जिवी श्रमिकहरुको हक अधिकारका लागी श्रमिकहरुको निति नियमलाई व्यवहारिक रुपमा कार्यान्वयन गरेमात्रै श्रमिकको जिवन उकासिने शिवराज नगर उपप्रमुख शिव कुमारी चौधरीले बताउनु भयो । चन्द्रौटामा सम्पन्न १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । केन्द्र देखि स्थानिय तह सम्म श्रमिकका लागि बनेका निति नियमलाई कार्यान्वन गर्न सके मात्रै श्रमिक दिवसको अर्थ रहने उहाँले बताउनुभयो ।
शिवराज नगरपालिकाले श्रमिकहरुका लागी यातायातमा ७० प्रतिशत छुट दिने निति बनाए पनि कार्यान्वन र अनुगमन फितोलो हुदाँ वास्तविक श्रमिकले छुटपाए नपाएको एकिन नभएको चौधरीले बताउनु भयो । उद्योग तथा बिभिन्न निकाएमा काम गर्ने श्रमिक महिलाहरुले पुरुष सरह ज्याला पाएका छैनन त्यसका लागि नगरपालिकाले पहल गरेको उहाँले बताउनु भयो । उप प्रमुख चौधरीले अझै पनि घरयासी काम महिलाले मात्रै गर्नुपर्छ भन्ने मान्यता रहेको बताउँदै जनचेतनाका लागि सबैले पहल गर्नु पर्ने बताउनु भयो
कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका स्थानिय अधिकार कार्यक्रमका संयोजक अजय चौधरीले श्रम गर्ने श्रमिकको स्वास्थ्य सुरक्षा सम्बन्धि अधिकारका लागि सबैले पहल गर्नु पर्ने बताउनु भयो । समान कामको समान ज्यालाको निति भए पनि पुर्णरुपमा कार्यान्वय हुन नसकेको चौधरीले बताउनुभयो । अधिकार कर्मी मिना परियारले श्रमगर्ने श्रमिकहरुको सुरक्षाको ग्यारेन्टी नभएकोमा दुखद व्यक्त गर्नु भयो ।अन्तक्रिया कार्यक्रममा उद्योग कलकारखानामा अझै पनि काम गर्ने श्रमिकहरुको जिवनबिमा, जिउँधनको सुरक्षा स्वास्थ्य उपचार लगायत विषयहरु ओझेलमा परेको परियारले बताउनु भयो ।
सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना, एक्सन एड र शिवराज नगरपालिकाको सहकार्यमा १३६ औं श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिवराज नगरपालिका वडा न.१० का अध्यक्ष मन्जु मिश्रा,नागरिक मन्चका अध्यक्ष थानेश्वर खनाल स्थानिय संचारमाध्यमका प्रमुुख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया