मोफसल खबर
बहादुरगंज, बैशाख २४
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ८ चेक प्वाइन्ट देखि पश्चिम तर्फ जाने बाटोको कालो पत्रे र आरसिसि गर्ने काम आजबाट सुरु भएको छ । कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले बाटो निर्माणको शिलन्यास गरि निर्माण कार्य शुरुवात भएको हो । नगरको विकासमा पालिकाले कुनै कसर नछोड्ने बताउदै नगर प्रमुख शाहले अब बर्खाको समयमा बजार आवतजावत गर्न स्थानियलाई सडक निर्माण पछि सहज हुने बताउनु भयो ।
नगरपालिका,लुम्बिनी प्रदेश समानीकरण अनुदान, प्रदेश समपुर अनुदानबाट करिब १ किमि सडक पक्की नाली सहित निर्माण हुन लागेको मेयर शाहले जानकारी दिनु भयो ।स्थानिय तहको राजश्व बाडफाड रु.१२ लाख ४० हजार,समानीकरण अनुदान ९२ लाख ६० हजार, प्रदेश समपुर अनुदान चालुबाट रु.१ करोड ५० लाख गरी कुल लागत २ करोड,४३ लाख १३ हजार, २सय १४ रुपैया रहेको र सम्झौता रकम रु. १ करोड ६२ लाख ८८ हजार ३ रुपैयामा निर्माण हुन लागेको मेयर शाहले जानकारी दिनु भयो ।
के.बि.इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि. र एन.बि.कन्स्ट्रसन जे.भी.ले निर्माण गर्न लागेको सडक समयमा नै सम्पन्न हुने गरी काम सुरु गरिएको निर्माण कम्पनीका व्यवस्थापक मिलन बि.क.ले बताउनु भयो । करिब २ सय ६० मिटर आरसिसि, ५सय ५० मिटर कालो पत्रै ,दुबै तर्फ नाली ढक्कन सहित निर्माण गरिने बि.क.ले बताउनु भयो । निर्माण क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कम्पनी सो काम पनि गुणस्तरिय र समयमा सम्पन्न गर्ने जनाएको छ ।
प्रतिक्रिया