दिपक के.सी.
बैशाख २४
कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकाका युवाहरुलाई उद्यमी र व्यवसायिक बनाउन स्टार्टअप उद्यम कर्जा दिन लागेको छ । देशमै यसरी युवाहरुलाई स्टार्ट अप उद्यमका लागी कर्जा दिने शिवराज नगरपालिका पहिलो पालिका बनेको छ । संघिय ऐन कार्यविधी अनुसार पालिकाले कार्यविधी निर्माण गरी सोहि कार्यविधी अनुसार युवाहरुलाई स्वरोजगार, व्यवसायी र उद्यमी बनाउन कर्जा प्रदान गर्न लागेको नगर प्रमुख अजय थापाले बताउनु भयो ।
स्टार्ट अप उद्यम कर्जा सन्चाल कार्यविधी २०८१ कार्यविधी को अनुसुची १ अनुसार स्टार्टअप उद्यम कर्जा माग गरेमा पालिकाले कर्जा प्रदान गर्ने छ । स्टार्ट अप उद्यमी कर्जा प्राप्त गर्नका लागी साझेदारी फर्म हुनुपर्ने छ, उद्यम पालिका भित्र संचालन हुनुपर्ने,दर्ता भएको फर्म, परियोजनाको अनुमानित लागत ,हाल सम्म परियोजनामा भएको खर्च आवेदन फारम उल्लेख गर्नुपर्ने छ । परियोजना संचालन भए पश्चात रोजगारीको सिर्जना हुने र बेरोजगारीको समस्या पनि न्युनिकरण हुदै जाने नगरप्रमुख थापाले बताउनु भयो ।
पालिकाले उद्यामी र व्यवसायि बन्नको स्टार्टअप उद्यमी कर्जा दिने मात्रै नभएर यस अघि विभिन्न तालिमहरु संचालन गरि युवाहरुको सिप विकास समेत गरेको छ । तालिम लिई सिप हासिल गरेका युवाहरुलाई व्यवसायिक बन्न नगरपालिका आफैले लगनी ऋण स्वरुप दिन लागेको हो । पालिकाले स्थानिय युवाहरुलाई लक्षित गर्दै विगतका बर्ष देखि नै प्रोफेसनल कुक, एड्भान्स बारिष्टा, बेकरी,एडभान्स व्युटीपार्लर तालिम, अचार बनाउने तालिमहरु संचालन गरिसकेको छ । यस्तै चप्पल बनाउने तालिम, दौरासुरुवाल गुन्युचोली,कोटपाइन्ट सिलाउने तालिम संचालन गरिएको नगर प्रमुख थापाले बताउनु भयो ।
उद्यम सुरुवात गर्नका लागी विधि संम्मत प्रकृया पुरा गरी छनौटमा परेको प्रस्तावक उद्यमीलाई कम्तीमा तीन किस्तमा कर्जा प्रवाह गरिने र पहिलो किस्ता वापत स्वीकृत कर्जाको पचास प्रतिशत रकम प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले बताउनु भयो । कर्जाको अधिकतम अवधी पाँच बर्ष रहने र ढिलोमा दोस्रो बर्षबाट साँवा व्याज फिर्ता गर्दै जानु पर्ने उहाँले बताउनु भयो । गत आर्थिक बर्षबाट नै कार्यक्रम संचालन गर्न बजेट राखेको भए पनि संघमा ऐन नबनेको हुदाँ पालिकाले यस बर्ष मात्रै कार्यविधी बनाइ कार्यक्रम संचालन गर्न लागेको र स्टार्टअप उद्यम कर्जाको लागी प्रस्तावना आह्वान गरिएको प्रमुख प्रशाकिय पौडेलले बताउनु भयो । स्टार्टअप उद्यम कार्यक्रमका लागी पालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले शुरुवात गरेको यस कार्यक्रमले बेरोजगार युवाहरुलाई रोजगार र सिप भएका युवाहरुलाई व्यवसायि बन्न सहयोग पुग्नेछ । कार्यक्रमले बेरोजगार र युवा विदेश पलायन हुने समस्यालाई केहि हद सम्म भए पनि न्यूनिकरण गर्ने छ ।
प्रतिक्रिया