दिपक के.सी.
बैशाख २८
कपिलवस्तुको शिवराज नगरपालिकाले युवाहरुका लागि शासस्त्र बलका लागि आवश्यक पर्ने पूर्व तयारी तालिम संचालन गरेको छ । नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाल आर्मीमा भर्ति हुन चहाने युवाहरुलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो ।
आइतबार तालिमको उद्घाटन गर्दै नगर प्रमुख थापाले तालिमले युवाहरुलाई भविष्यमा नेपाल प्रहरी ,शासस्त्र प्रहरी र नेपाल आर्मीमा भर्ति हुन सहयोग पुराउने बताउनु भयो । तालिममा सहभागि भएका युवाहरुको आहारविहार, शारिरिक तन्दुरुस्ती, स्वास्थ, अनुसासित बन्न सहयोग पुग्ने बताउनुभयो । तालिमले युवाहरुलाई दुर्व्यसनिबाट बचाउन अहम भूमिका खेल्ने समेत मेयर थापाले बताउनु भयो । युवाहरु तालिममा सहभागि भइसकेपछि कुलतबाट समेत बच्ने र समाज पनि राम्रो बन्ने उहाँले बताउनु भयो । १७ बर्ष देखि २२ बर्ष सम्मका युवाहरुको सहभागिता रहेको तालिममा युवाहरुको उत्साह जनक सहभागिता रहेको छ । तालिमले युवाहरुलाई नेपाल आर्मि, प्रहरी, शसस्त्र प्रहरी लगायतका सुरक्षा निकायमा भर्ति हुन समेत सहयोग पुग्ने छ । मेयर रोजगार अन्तर्गत संचालन गरिएको तालिममा नगरका ५० जना युवाहरुको सहभागिता रहेको छ । नगरपालिकाले युवा रोजगार, व्यवसायि बनाउनका लागी र युवालाई देशमा नै टिकाउनका लागी स्टार्टअप कर्जा समेत दिन सुरु गरेको नगर प्रमुख थापाले बताउनु भयो ।
मेयर रोजगार कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिममा नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी साझाकोष समितिको प्राविधि सहयोग रहेको छ । तालिम उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष खिम बिक्रम के.सी. नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी साझाकोष समिति अध्यक्ष झगबहादुर पुन लगायतले तालिम भव्य सभ्य रुपमा सम्पन्न गर्न शुभकामना दिनु भएको थियो ।
तस्बिर (लुम्बिनी फिलिम प्रोडक्ट)
प्रतिक्रिया