Developed By Kuldeep Sharma

१० महिना अगाडि

मेयर रोजगार कार्यक्रमः शासस्त्र प्रहरी बल पूर्व तयारी तालिम

दिपक के.सी.
बैशाख २८
कपिलवस्तुको शिवराज नगरपालिकाले युवाहरुका लागि शासस्त्र बलका लागि आवश्यक पर्ने पूर्व तयारी तालिम संचालन गरेको छ । नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाल आर्मीमा भर्ति हुन चहाने युवाहरुलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो ।


आइतबार तालिमको उद्घाटन गर्दै नगर प्रमुख थापाले तालिमले युवाहरुलाई भविष्यमा नेपाल प्रहरी ,शासस्त्र प्रहरी र नेपाल आर्मीमा भर्ति हुन सहयोग पुराउने बताउनु भयो । तालिममा सहभागि भएका युवाहरुको आहारविहार, शारिरिक तन्दुरुस्ती, स्वास्थ, अनुसासित बन्न सहयोग पुग्ने बताउनुभयो । तालिमले युवाहरुलाई दुर्व्यसनिबाट बचाउन अहम भूमिका खेल्ने समेत मेयर थापाले बताउनु भयो । युवाहरु तालिममा सहभागि भइसकेपछि कुलतबाट समेत बच्ने र समाज पनि राम्रो बन्ने उहाँले बताउनु भयो । १७ बर्ष देखि २२ बर्ष सम्मका युवाहरुको सहभागिता रहेको तालिममा युवाहरुको उत्साह जनक सहभागिता रहेको छ । तालिमले युवाहरुलाई नेपाल आर्मि, प्रहरी, शसस्त्र प्रहरी लगायतका सुरक्षा निकायमा भर्ति हुन समेत सहयोग पुग्ने छ । मेयर रोजगार अन्तर्गत संचालन गरिएको तालिममा नगरका ५० जना युवाहरुको सहभागिता रहेको छ । नगरपालिकाले युवा रोजगार, व्यवसायि बनाउनका लागी र युवालाई देशमा नै टिकाउनका लागी स्टार्टअप कर्जा समेत दिन सुरु गरेको नगर प्रमुख थापाले बताउनु भयो ।


मेयर रोजगार कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिममा नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी साझाकोष समितिको प्राविधि सहयोग रहेको छ । तालिम उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष खिम बिक्रम के.सी. नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी साझाकोष समिति अध्यक्ष झगबहादुर पुन लगायतले तालिम भव्य सभ्य रुपमा सम्पन्न गर्न शुभकामना दिनु भएको थियो ।

तस्बिर (लुम्बिनी फिलिम प्रोडक्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma