दिपक के.सी.
बैशाख २८
शुद्ध सफा पानी स्वस्थ जीवनको आधार रहेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अर्जुन कुमार के.सी.ले बताउनु भएको छ । पिउने पानी शुद्ध सफा नहुदाँ विभिन्न किसिमका रोगहरु लाग्ने र धन जन कै क्षति हुने हुदाँ पिउने पनाी शुद्ध हुनु पर्नेमा के.सी.ले जोड दिनु भयो । शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी धारा उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य के.सी.ले यस्तो बताउनु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै के.सी.ले पिउने पानी सफा नहुदाँ विभिन्न किसिमका रोगहरु लाग्ने बताउनु भयो । आइतबार उद्घाटन भएको धाराको पानी पिउदै के.सी.ले परिक्षण पछि पानी शुद्ध र पिउन योग्य रहेको ल्याब रिपोर्ट रहेकोले उपभोक्ताले ढुक्क भएर धाराको पानी पिउन सक्ने बताउनु भयो ।
शिवराज नगरपालिकाको वडा नं. १ मा लुम्बिनी प्रदेश सरकारको २४ करोड लगानीमा निर्माण भएको खानेपानी आयोजनाबाट खानेपानी वितरणको शुभारम्भ लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री के.सी.ले एक कार्यक्रमका बिच पानी पिएर गर्नु भएको हो । दुई बोरिगं सहित ४ लाख ५० हजार लिटरको ओभरहेड टंकी निर्माण गरि खानेपानी वितरण सुरु गरिएको शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज अधिकारीले बताउनु भयो । यस खानेपानी आयोजनाले नगरको वडा नं १ र वडा नंं ३ का गरी करिब २ हजार २ सय घर धुरीलाई पानी वितरण गरिने योजना रहेको संस्थाका सचिव गणेश के.सी.ले बताउनु भयो ।उपभोक्ताको घरमा धारा जडानको कार्य शुरु भइ सकेको र संस्था ४ सय ५० उपभोक्ता बनिसकेको सचिव के.सी.ले जानकारी दिनु भयो ।
कार्यक्रममा खानेपानी डिभिजनका डिजि प्रकाश के.सी., खानेपानी महासंघका केन्द्रिय सदस्य विश्व कार्की, शिवराज नगरपालिकाका पूर्व नगर प्रमुख नेत्रराज अधिकारी, वडा नं. १ का वडा अध्यक्ष खिमविक्रम के.सी., वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासे स्थानिय सरोकारवाला, उपभोक्ता लगायताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका संचिव गणेश के.सी.ले गर्नु भएको थियो ।
प्रतिक्रिया