Developed By Kuldeep Sharma

१० महिना अगाडि

नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए

विजयनगर) कपिलवस्तु, ५ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा साेमबार नि:शुल्क स्वास्थ्य जाँच शिविरमा ३ सय ९३ जनाले सेवा लिएका छन ।सोमबार आधारभूत अस्पताल बद्धाैरमा सन्चालन भएको विशेषज्ञ स्वास्थ्य शिविरमा अस्पताल पालिकाका नागरिकले स्वास्थ्य सेवा लिएको अस्पताल जनाएको छ ।

विजयनगर गाउँपालिकाकाे आयाेजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयकाे सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

एक दिने स्वास्थ्य शिविरमार्फत पुरुष १ सय ६३ जना र महिला २ सय ६२ जनाले सेवा लिएका छन् । नि:शुल्क शिविरबाट दाँत तथा मुख राेग सेवा, जनरल फिजिसियन सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, छाला राेेग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियोे ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालनले नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका लागि सहज भएको बताए । आधारभूत अस्पतालबाट विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि सञ्चालन भएको स्वास्थ्य शिविरले अधिकांश नागरिकहरु लाभान्वित भएको बताउँदै अस्पताल सञ्चालन हुनु नै गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएकाे उनले बताए ।

 

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे बताउँदै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पतालमा सेवा सुचारु भएको बताए । उनले अस्पताल सञ्चालनका लागि ठुलो चुनाैती भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न गाउँपालिका प्रयासरत रहेकाे बताए ।

गाउँपालिकाले विभिन्न नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरि सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएकाे अध्यक्ष थापाले बताए । अस्पताल सञ्चालन भएपछि २ जना डाक्टरहरुले सेवा दिइरहेको अध्यक्ष थापाले जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारी, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, स्वास्थ्य शाखा प्रमुुख यज्ञ प्रसाद अधिकारी लगायतकाे उपस्थिति थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma