माधव बेल्वासे
कपिलवस्तु :
कपिलवस्तुको शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतवार व्यापार संघ कपिलवस्तुको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बावुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै आचार्यले घोषणा गरेर मात्र नहुने यसलाई दिगोपन बनाउन जटिल रहेकोले स्वास्थ्यकर्मीहरुले आगामी दिनमा पनि अभियानकै रुपमा लैजानुपर्ने बताउनुभयो । उमेर समुहका वालवालिकाहरुलाईले पूर्ण खोप पाएको प्रमाण बमोजिम घोषणा गरिएकोले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख आचार्यले शिवराज नगरपालिका प्रमुख अजय थापालाई हस्तान्तरण गर्नु भएको थियो । सोहि अवसरमा नगरप्रमुख थापाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । पालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउँदै खोप अनिवार्य रहेकोले नगरवासिहरुले पनि खोप लगाउनमा हिचकिचाउन नहुने बताउनुभयो । उहाँले शिवराज आधारभूत अस्पतालाई स्वास्थ्य क्षेत्रबाट अगाडी बढाउँदै लगेकोले आगामी वर्षदेखि सर्पदंशाको उपचार पनि हुने बताउनुभयो ।
पालिमा रहेका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल,सामाजिक विकास समितिका संयोजक टेकलाल सापकोटा ,वडा न १ का अध्यक्ष खिम विक्रम केसी,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव पोख्रेल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका शिव सुवेदीले घोषणा मात्र नगरेर नहुने यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
१० वटा पालिका रहेको कपिलवस्तुमा तेस्रो पालिकाको रुपमा शिवराज नगरपालिलाई घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताउनुभयो । अन्य ७ वटा पालिकालाई क्रमश घोषणा गर्ने अभियानमा रहेको बताइएको छ । शिवराजनगरपालिकाभर १६–५९ महिना उमेर समूहका ४ हजार तीन सय १५, मध्ये शत प्रतिशत वालवालिकाले पूर्ण खोप पाएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । अभियानालाई सफल बनाउन लागि परेको स्वास्थ्यकर्मी,स्वेयसेविका लगायतलाई सम्मान समेत गरिएको छ ।
प्रतिक्रिया