माधव बेल्वासे
कपिलवस्तु :
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीले कपिलवस्तुका एक व्यक्तिलाई १० लाख बीमा दाबी भुक्तानी गरेको छ । सडक दुर्घटनामा परी ज्यान गुमाएका कपिलवस्तु विजयनगर गाउँपालिका–१ गोव्रहवाका जनम बहादुर थारुको परिवारलाई मृत्यु दाबी अन्तर्गत रु १० लाख २० हजार बीमा रकम भुक्तानी गरेको छ । आइतवार चन्द्रौटमा एक कार्यक्रमको आयोजना गरि उक्त रकम प्रदान गरिएको हो ।
मृतक थारुकी श्रीमती सीता थारुको खातामा उक्त रकम जम्मा गरिएको कम्पनीका प्रमुख एजेन्सी म्यानेजर तथा एमडीआरटि आर्यन खानले जानकारी दिनुभयो । “पारिवारिक शोकमा परेका परिवारलाई दैनिक जीवन सहज होस् भनेर प्रकृया छिटो टुंग्याइएको हो,“ खानले भन्नुभयो । साथै, उहाँले उक्त रकम दीर्घकालीन आम्दानी हुने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो।
करिब ६ महिना अघि मात्र बीमा गराएका थारुले एक किस्ता मात्र तिरेका थिए । तर पनि बीमा नियमअनुसार सम्पूर्ण दाबी रकम उपलब्ध गराइएको कम्पनीका प्रदेश प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । विमाले धनी नबनाएता पनि गरिव हुन पनि नदिने भएकोले जटिल अवस्थामा विमाले साथ दिने पोखरेलको भनाई छ ।
बीमा रकम हस्तान्तरणका क्रममा आयोजित कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले जीवन बिमा तथा स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “जिवन अनिश्चित छ। आफु नभएमा परिवारलाई र भविष्यमा आफैँलाई पनि बीमाले सुरक्षा दिन्छ,“ थापाले भन्नुभयो ।
प्रतिक्रिया