जेठ ११ गते /कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा लागूपदार्थ दुब्र्यसनी रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । बढ्दै गरेको कुलतलाई न्युनिकरण गर्नका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा र सिद्धार्थ सामाजिक विकास केन्द्रको संयुक्त सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा लागुपदार्थको प्रकार, प्रभावित उमेर समुह, लागुपदार्थ दुब्र्यसनिका लक्षणहरु तथा बच्ने उपाय, लागुऔषध सम्बन्धि मापदण्ड र सजाय, लागुऔषध छुटाउने उपाए जस्ता विषयमा वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कपिल शाहीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं.४, १० र ११ का २४ भन्दा बढी क्लव तथा समुहहरुबाट सहभागिता रेहेको थियो । सहभागिहरुले आफुलाई लागेको कुराहरु प्रहरी संग अन्र्तक्रिया गरेका थिए । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमको साहायक कार्यक्रम अधिकृत संजिव गहतराजको अध्यक्षतामा संचालित लागूपदार्थ दुब्र्यसनी रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतिकरण कार्यक्रमको संचालन सामजिक परिचालक हसिना थारुले गर्नुभएको थियो ।
प्रतिक्रिया