काठमाडौं, नेपाल |
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ को उपाधि प्राप्त गर्न सफल भएका छन्। यो उपाधि उहाँले पाँचौँ पटक लगातार हासिल गर्नु भएको हो, जसले गर्दा उहाँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT प्राप्तकर्ता बन्नुभएको छ।आर्यन खानले गत वर्ष (२०२५) मा विश्वप्रसिद्ध MDRT संस्थाको COT (Court of the Table) स्तरमा पुगेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको इतिहासमा एक विशेष स्थान सुरक्षित गर्नुभएको थियो।
MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट १% पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
उहाँले आफ्नो उपलब्धिबारे भन्नुभयो:
“यो सफलता मेरो मात्र होइन – यो मेरो ग्राहकहरू, मेरो टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पॉलिसीसँगै हामी केवल बीमा गर्दै छैनौं, भविष्य बनाउँदैछौं।”
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक सफलतालाई संस्थाको गौरवको रूपमा लिएको छ र यसले नेपाली बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको पहिचान दिलाएको छ। अब उहाँको लक्ष्य TOT (टप अफ द टेबल) प्राप्त गर्नु रहेको छ, जसतर्फ उहाँ दृढ आत्मविश्वासका साथ अग्रसर हुनुहुन्छ। आर्यन खान आजको पुस्ताका लागि मात्र होइन, भविष्यका बीमा व्यवसायीहरूका लागि पनि एक प्रेरणाका स्रोत बन्नु भएको छ।
प्रतिक्रिया