Developed By Kuldeep Sharma

६ महिना अगाडि

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो ।

जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८० र ८०/ ८१ मा क्रमिक रुपमा कम गर्न सफल भएको र सबै जनप्रतिनिधि, कर्मचारी, नागरिक समुदायको सकारात्मक प्रयासबाट बेरुजु लगायत सबै क्षेत्रमा सुधारका काम गर्न सफल भएको उहाँले बताउनुभयो ।

नगरपालिकाको स्थानीय तह संस्थागत क्षमता स्व. मुल्यांकन(लिजा)मा समेत व्यापक रुपमा सुधार गरेको छ ।आर्थिक बर्ष ०७६/७७ मा २५.६७ प्रतिशत मात्रै अंक प्राप्त गरेको नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ८५ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको हो ।

यस्तै स्थानीय तह वित्तीय जोखिम मुल्यांयानमा समेत नगरपालिकाले अहिले सुधार गरेको छ ।

आर्थिक बर्ष ७८/७९ मा ५७ प्रतिशत रहेको पालिकाको स्थानीय त ह वित्तीय शुसासन जेखिम मुल्यांकन(आईआरएम) आर्थिक बर्ष २०८०/०८१ म ७६.५ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको हो ।

नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली बाट छिटो छरितो भुक्तानी, अनलाईन जिन्सी ब्यबस्थापन, अनलाईन राजस्व प्रणालीको पुर्ण प्रयोग, अनलाईन योजना प्रणालीको प्रयोग, अनलाइन घटनादर्ता प्रणाली, बिधुतिय बोलपत्र प्रणालीको प्रयोग, सामाजिक सुरक्षा भत्ता बिधुतिय भुक्तानी प्रणाली मार्फत लाभग्राहिको बैंक खातामा जाने ब्यबस्था लगायतका अनलाइन प्रणालीको प्रयोगले आर्थिक तथा प्रशासनिक सुशासनका कायम भएको छ ।

नगरपालिकाले यातायात पुर्बाधर, सार्बजनिक भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, अस्पताल, खानेपानी, सिचाँई संरचना लगायत भौतिक पुर्वाधार निर्माण, साथै शिक्षा, स्वास्थ्य , कृषि पशुपालन , जनशक्ति उत्पादन, बिकास र जनचेतना अभिवृद्धिका कार्यमा समेत व्यापक रुपमा अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma