
कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औं नगरसभामा उपमेयर शिवकुमारी थारुले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै जनताको अपेक्षा समेट्ने खालको विकासमुखी बजेट रहेको जानकारी दिइन् ।
नगरले निशुल्क शिक्षा लाई प्राथमिकता दिदै बजेट बिनियोजन गरको छ । शिक्षा युवा खेलकुद ८ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै वडा स्तरिय योजनमा १० करोड ५० लाख ,स्वास्थ्य साखा तर्फ ४ करोड बजेट बिनियोजन गरेको छ ।
कार्यालय सचालन तथा प्रशासान तर्फ १२ करोड ७५ लाख बजेट,कृषि बिकासमा ८५ लाख बिनियोजन गरेको छ ।
सभामा नगर प्रमुख अजय थापाले यस वर्ष भएका काम तथा प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया