Developed By Kuldeep Sharma

७ महिना अगाडि

स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्दमा ”प्रतीक्षामै” गित सार्वजनिक (भडियो सहित)

११ असार, काठमाडौं।।
बहुचर्चित गीत “चाईने जो जिन्दगानीमा” को गायिका सलिना वि.क को स्वरमा नयाँ गीत “प्रतीक्षामै” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस (PCOS), र वंशाणुगत जस्ता कारणहरूले असर पार्न सक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश यस भिडियो मार्फत दिइएको छ।
स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीतमा रहेको ‘प्रतीक्षामै’ बोलको गीतलाई Zero Hours Digital Youtube Channel मार्फत सार्बजनिक गरिएको हो।
महिलाहरुको भावनात्मक संवेदनशीलतालाई यस म्यूजिक भिडियोमा चर्चित कलाकार द्वय सुधिर श्रेष्ठ र बिना राउतको जीवन्त अभिनय मार्फत देख्न सकिन्छ ।
काठमाडौंको कमलादी स्थित म्युजिक क्लाउड स्टुडियोमा रेकर्डिङ्ग गरिएको यस गीत को भिडियोमा सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी देख्न सकिन्छ ।भिडियोलाई देब दोर्जे लामाले खिचेका हुन भने अनन्त घिमीरेले सम्पादन गरेका हुन ।

प्रतीक्षामै को भिडियो YouTube च्यानल: https://www.youtube.com/@ZeroHours-digital बाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma