Developed By Kuldeep Sharma

४ महिना अगाडि

समयथान क्याम्पसमा आधिकारिक तथ्याङ्क सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ स्थित समयथान बहुमुखी क्याम्पसमा आधिकारिक तथ्याङ्कसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई तथ्याङ्क संकलन, प्रयोग र प्रस्तुतिको आधिकारिक पक्षबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम क्याम्पस प्रमुख शिशिर लामीछानेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष बलराम मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटा, नसिम अहमद खाँ, पूर्व क्याम्पस प्रमुख गिरिप्रसाद गैरे, संचालक समिती सदस्यहरू, क्याम्पसका प्राध्यापक एवम् स्ववियु सभापति तथा सदस्यहरू सहित ११५ जना भन्दा बढि विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको निर्देशक पोमनारायण पौडेल, तथ्याङ्क अधिकृत धनबहादुर बिसी तथ्याङ्क सहायक असोक न्योपानेले तथ्याङ्क संकलनका विधिहरू, स्रोतहरूको आधिकारिकता सुनिश्चित गर्ने तरिका, तथा अनुसन्धानमा तथ्याङ्कको प्रभावकारी उपयोगबारे प्रशिक्षण दिएका थिए। सहभागीहरूले अनुसन्धान तथा अध्ययनको क्रममा तथ्याङ्कलाई प्रमाणिक रूपले प्रयोग गर्ने तरिका र त्यसले दिने वैज्ञानिकता सम्बन्धी विषयमा पनि छलफल गरेका थिए।
वक्ताहरूले यस्ता कार्यक्रमले विद्यार्थीको अनुसन्धानशील सोच, तथ्यमा आधारित विश्लेषण क्षमता र बौद्धिक विकासमा सहयोग पुर्‍याउने बताए। क्याम्पसले भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma