Developed By Kuldeep Sharma

८ महिना अगाडि

धान दिवसमा खेतमै भेटीए पूर्वकृषि मन्त्री खनाल

कपिलवस्तु, असार १५ ।

२२ औँ राष्ट्रिय धान दिवसको अवसरमा पूर्वकृषि मन्त्री चक्रपाणी खनाल बलदेव शिवराज नगरपालिकाको खैरीमा आयोजित विशेष कार्यक्रममा खेतमै सहभागी भइ धान रोपेका छन्।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिति कपिलवस्तु, वाईसीएल कपिलवस्तु र नेकपा (माओवादी केन्द्र) शिवराज नगर समितिको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा मन्त्री खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री खनालले कालानमक धानको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै यसप्रकारको विशिष्ट धान जातको उत्पत्ति नेपालमै, विशेषतः कपिलवस्तु जिल्लाबाट भएको उल्लेख गरे। उनले कृषि क्रान्तिलाई देश निर्माणको आधारस्तम्भका रूपमा चित्रित गर्दै किसानहरूलाई राष्ट्र निर्माणको अग्रपंक्तिमा ल्याउन प्रेरणा दिनुपर्ने बताए।

खनालले प्राचीन ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै करिब सत्ताईस सय वर्षअघि राजा शुद्धोधनले तिलौराकोटमा आयोजना गरेको धान महोत्सवसम्बन्धी पेन्टिङ हाल बर्माको एक संग्रहालयमा रहेको जानकारी दिए। उनका अनुसार तेह्र सय वर्षअगाडि बनाइएको उक्त पेन्टिङमा हात्ती, घोडा, बाजागाजा र जनसमुदायको लामबद्ध सहभागिता देखिन्छ, जसले धानको महत्त्वपूर्ण सांस्कृतिक इतिहासलाई उजागर गर्छ।

धान दिवसको अवसरमा स्थानीय किसान, कार्यकर्ता र माओवादी नेताहरूले एकजुट भएर खेतमा रोपाइँ गर्दै उत्पादन बढाउने सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय कृषक, युवा, महिला तथा नेताको उत्साहजनक सहभागिता देखिएको थियो।

धान दिवसको उत्सवलाई किसानप्रतिको सम्मान र कृषि आत्मनिर्भरताको अभियानको रूपमा हेर्ने पूर्वमन्त्री खनालले यो दिवसलाई व्यवहारिक रूपमा खेतमै गएर मनाउनु आजको आवश्यकता भएको बताए।कार्यक्रम अन्तर्गत झन्डै १० कट्ठा क्षेत्रफलमा धान रोपिएको  रहिस शाहले बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचीव, लुम्विनी प्रदेश समिती ईन्चार्ज एवं पुर्व कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज रुद्रलाल बन्जाडे ‘विनोद’ लिम्विनी प्रदेश समिती सह-सचीव काशिराम यादव पुर्व जिल्ला संयोजक बिष्णु बेल्बासे प्रदेश समिती सचिबालय सदस्य एवं बणगंगा नगर ईन्चार्ज नारायण भुसाल प्रदेश समिती सचिवालय सदस्य एवं शिवराज नगर ईन्चार्ज दोर्ण बहादुर पुन मगर ‘दिनेश’ प्रदेश समिती सदस्य टुकलाल पुन राजेन्द्र आचार्य, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला अध्यक्ष रामवेलास यादव वाईसीएल केन्द्रिय सदस्य सहवाज खान वाईसीएल जिल्ला अध्यक्ष राकेश यादब अनेम संघ (क्रान्तिकारी) प्रदेश समिती सदस्य रेवता पौडेल युवा नेता रहिस शाह केशर वलि मुस्लिम मुक्ती मोर्चाका प्रदेश सफस्य थकाली मिया बाणगंगा नगर समिती अध्यक्ष टेकेन्द्र क्षेत्री शिवराज नगर समिती अध्यक्ष चुर बहादुर खडका ‘जीवन’ लगाएतका नेता कार्यकर्याहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma