Developed By Kuldeep Sharma

७ महिना अगाडि

कपिलवस्तुमा बस दुर्घटनामा १९ जना घाइते, तीनको अवस्था गम्भीर

कपिलवस्तु, साउन ७ –

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवानगरमा सवारी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आज दिउँसो ३:४० बजे चन्द्रौटा बाट कृष्णनगरतर्फ जाँदै गरेको भे.१ ख. ११८२ नम्बरको यात्रुबाहक बस सडक दुर्घटनामा परेको हो।

बसको स्टेरिङ फेल भई अनियन्त्रित रूपमा पल्टिएपछि दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। घाइतेहरुको उपचारका लागि तत्कालै शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ।

दुर्घटनामा अर्घाखाँची, दाङ, भारत लगायत विभिन्न स्थानका यात्रुहरू परेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक ईश्वर लौडारीको कमाण्डमा ११ जनाको टोली खटिएको थियो। बस चालक भने दुर्घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma