Developed By Kuldeep Sharma

७ महिना अगाडि

शिवराज नगरपालिकाका गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला र भिडियो एक्सरे सेवा

शिवराज, कपिलवस्तु ।
शिवराज नगरपालिकाले गर्भवती महिलालाई लक्षित गर्दै निःशुल्क प्रयोगशाला परीक्षण तथा भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार सञ्चालनमा ल्याइएको यो सेवा स्वास्थ्य पहुँच अभावमा रहेका महिलाहरूलाई लक्षित गरिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भइसकेको जनाएको छ। अब गर्भवती महिलाहरूले नगरभित्रका तोकिएका स्वास्थ्य संस्थाहरूबाटै सेवा लिन सक्ने छन्।

नगर प्रमुख अजय थापाका अनुसार आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा मा प्रयोगशाला परीक्षणसँगै भिडियो एक्सरे सेवा उपलब्ध हुनेछ भने शिवपुर, चनाई र शिवगढी स्वास्थ्य चौकीहरूमा पनि प्रयोगशाला परीक्षण सेवा दिइनेछ।

नगर प्रमुख थापाले भने, “यो कार्यक्रमबाट गर्भवती महिलालाई सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो।” यसबाट मातृ मृत्युदर न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

स्थानीयवासी र गर्भवती महिलाहरूले उक्त कार्यक्रमप्रति खुसी व्यक्त गर्दै स्वास्थ्य सेवामा सुधारको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma