कपिलवस्तु । दियालो नेपाल कपिलवस्तुको १३ औं साधारण सभा तथा ७ औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै लक्ष्मी भुसाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष दिलमाया बराल, महासचिव राधा नेपाली, सचिव अस्मिता भट्टराई, कोषाध्यक्ष पूजा राना रहेका छन् । त्यस्तै सदस्यमा पुष्पा पौडेल, यमकुमारी कुर्मी, सुस्मिता रोका र ज्योती पुन निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले दियालो नेपालले गर्दै आएको कामको प्रशंसा गर्दै महिला सचेत र सबल भए समाज सुधार र परिवर्तन सहज हुने धारणा राख्नुभयो । त्यस्तै, शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले अब हरेक क्षेत्रमा महिला अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनका अवसरमा पूर्व अध्यक्ष ज्योती पुनले आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै सभाले आगामी दिनमा संस्थाको गतिविधि विस्तार गरी ३ जिल्लामा काम गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया