Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

बिगुल बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु ।
बिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष नर बहादुर पौडेलले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लक्ष्य र योजना बारे जानकारी गराउनुभयो।
कोषाध्यक्ष खगेन्द्र भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी १ करोड ७ लाख ३० हजार, कुल बचत ४ करोड ७९ लाख ३४ हजार ९३ र ऋण लगानी ५ करोड ५० लाख रुपैयाँ रहेको जानकारी दिनुभयो।
सभामा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश सहकारी महासंघका लेखा संयोजक तेज प्रसाद आचार्यले राम्रा सहकारीहरूको प्रचार–प्रसार नहुँदा सबै सहकारी संस्था डुबेको जस्तो भ्रम फैलिएको बताउनुभयो। उहाँले पारदर्शिता, उत्तरदायित्व र सदस्य–केन्द्रित गतिविधि नै सहकारीको दिगोपनाको आधार हुने उल्लेख गर्नुभयो।
त्यस्तै, शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले कमजोर र समस्याग्रस्त सहकारीहरूलाई मर्ज (गाभ्ने) प्रक्रियाबाट सुदृढ बनाउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो।
कपिलवस्तु सहकारी संघका सचिव द्रोण प्रसाद अधिकारीले उचित व्यवस्थापन र उत्तरदायित्वपूर्ण नेतृत्व भए कुनै पनि सहकारी संस्था डुब्न नसक्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न सहकारी संस्था, स्थानीय जनप्रतिनिधि, सदस्य तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma