Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

शिवराजमा श्रमिक महिलाहरुको दबाबमूलक र्‍याली सम्पन्न

कपिलवस्तु । न्युनतम पारिश्रमिक कार्यान्वयनको मागसहित शिवराज नगरपालिकामा श्रमिक महिलाहरुले दबाबमूलक र्‍याली सम्पन्न गरेका छन् ।

“समान कामको समान ज्याला” भन्ने नारासहित शिवराज नगरपालिकास्थित दुर्गा मन्दिरबाट सुरु भएको र्‍याली चन्द्रौटा चोकमा कोणसभामा परिणत भएको हो । कोणसभामा सहभागी श्रमिक महिलाहरुले राज्यले तोकेको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न, कार्यस्थलमा सुरक्षाको वातावरण सुनिश्चित गर्न र शिवराजलाई श्रमशोषणमुक्त नगरपालिका घोषणा गर्न माग गरेका थिए ।

कार्यक्रममा सहज नेपालकी उपाध्यक्ष तथा दलित महिला अधिकारकर्मी मिना परियारले राज्यले तोकेको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, शिवराज नगरपालिका महिला शाखाकी जिवा केसिले श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न विशेष कानुन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो ।

शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा तथा शिवराज महिला श्रमिक सञ्जालको आयोजनामा सम्पन्न कोणसभा सृष्टि घिमिरेको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजको स्वागत र सामाजिक परिचालक सबिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma