
नेपाली काँग्रेसका युवा नेता अभिषेक प्रताप शाह २०७९ सालको प्रतिनिधिसभा चुनावमा चौथो पटक सांसद बन्न असफल भए पनि निरन्तर जनताको बीचमा उपस्थित र सक्रिय रहँदै आएका छन् । पराजयलाई नकारात्मक रूपमा होइन, एक प्रेरणाको रूपमा लिँदै शाहले आफ्नो क्षेत्रमा विकास, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, र सामाजिक न्यायका मुद्दा उठाउँदै आएका छन् । निर्वाचनको ताका मुख देखाउने र पराजित भएपछि आफ्नो काममा जाने उम्मेदवारलाई गतिलो उदाहरण बन्न सफल भएका छन ।
कपिलवस्तु क्षेत्र नं. ३ का जनताले उनलाई सदैव सक्रिय, सजग र जिम्मेवार नेताका रूपमा लिएका छन् । शाहले चन्द्रौटा र कृष्णनगरलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्नुपर्ने माग निरन्तर गर्दै आएका छन् । उनले यो क्षेत्रको भौगोलिक स्थिति, जनसंख्या र सीमावर्ती विशेषताको कारण औद्योगिक प्रवद्र्धनको ठूलो सम्भावना रहेको भन्दै सरकारले तत्काल औद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै, कृष्णनगर भन्सारको स्तरोन्नति गर्दै व्यापारिक आवागमन सहज बनाउनुपर्ने विषयमा पनि उनले पटक–पटक संसददेखि सडकसम्म आवाज उठाएका छन् । सिमावर्ती व्यापारमा हुने समस्या, भन्सार नीतिको अस्पष्टता र भ्रष्टाचार नियन्त्रण सम्बन्धी विषयमा उनले खुला र ठोस धारणा प्रस्तुत गर्दै आएका छन् ।

शाहले आफ्नो क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षा र विद्यार्थीको सहज पहुँचका लागि पनि पहल गरेका छन् । उनले जनचेतना सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गर्न पहल गरे, जसले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ । त्यसैगरी, पथरदेहिया स्वास्थ्य चौकीको लागि भारतीय दुतवासबाट शाहको पहलमा २ करोड ३० लाखको विकास योजना परेको छ । जसबाट स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा नजिकै पाउने सुविधा हुनेछ ।
राजनीतिक रूपमा शाह सदैव युवा र राष्ट्रको पक्षमा बोल्ने दृढ नेताका रूपमा परिचित छन् । उनले जेनजि आन्दोलनमा विद्यार्थीहरूको मृत्यु गराउने तत्कालीन प्रधानमन्त्रीविरुद्ध उजुरी दर्ता गरी न्यायका पक्षमा अडिग रहे । यस कदमले उनलाई साहसी र निष्पक्ष राजनीतिज्ञको रूपमा जनमानसमा स्थापित गरायो ।
देशभित्र मात्र होइन, उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा पनि भूमिका खेलेका छन् । शाहले भारतीय रक्षा मन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरी नेपाल–भारत सिमासम्बन्धी समस्या, सीमावर्ती विकास, व्यापार विस्तार र आपसी सहयोगका विषयमा छलफल गरेका थिए । यी भेटघाटहरूले नेपालका स्थानीय मुद्दा र जनताको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गरेको मानिन्छ ।

शाह कृषकहरूको समस्याप्रति पनि संवेदनशील नेता हुन् । उनले समयमा मल अभाव, कृषि नीतिको अस्पष्टता, र किसानका उत्पादनको उचित मूल्य नपाउने समस्याबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, धर्म परिवर्तनका गतिविधिहरूको खुलेर विरोध गर्दै उनले राष्ट्रिय पहिचान र सामाजिक सद्भाव जोगाउन बलियो भूमिका निर्वाह गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा पनि शाहले उल्लेखनीय पहल गरेका छन् । उनले शिवराज अस्पतालका लागि एम्बुलेन्स ल्याउने कार्यमा सक्रिय भूमिका खेलेका छन्, जसले स्थानीय स्तरमा आकस्मिक उपचार सहज बनाएको छ । यसले उनको जनसेवाप्रतिको लगाव र जिम्मेवारीबोध झल्काउँछ ।

पार्टीभित्र देखिएका गुटबन्दी र स्वार्थमुखी राजनीतिको खुलेर विरोध गर्दै शाहले बारम्बार भनेका छन्, “काँग्रेस सुदृढ बनाउन गुट होइन, एकता चाहिन्छ।” उनले पार्टीलाई जनमुखी, विचारकेन्द्रित र नयाँ पुस्ताका लागि आकर्षक बनाउन निरन्तर दबाबमूलक भूमिका खेलेका छन् ।
उनको सहज व्यवहार, नम्रता, र जनतासँगको प्रत्यक्ष सम्बन्धले कपिलवस्तु क्षेत्र नं. ३ मा उनलाई जनप्रिय नेताको रूपमा स्थापित गरेको छ । नेता शाहलाई स्थानीय जनता भविष्यका सम्भावनाशील राष्ट्रिय नेताका रूपमा पनि हेर्ने गर्छन् ।
राजनीतिमा जिम्मेवार र राष्ट्रप्रेमी सोच बोकेका नेता शाहको निरन्तरता र समर्पणले उनी आज पनि “जनताको आवाज, जनताको नेता”का रूपमा चिनिएका छन् ।


प्रतिक्रिया