Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

चन्द्रौटा उद्योग व्यापार संघको अध्यक्षमा सापकोटा चयन

चन्द्रौटा । चन्द्रौटा उद्योग व्यापार संघको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले अर्जुन प्रसाद सापकोटालाई सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन गरेको हो।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा होतराज पोख्रेल, उद्योग उपाध्यक्षमा बालकृष्ण पान्डेय, उपाध्यक्षमा चन्द्र बहादुर बिक, महासचिवमा विष्णु प्रसाद बेल्वासे, कोषाध्यक्षमा खगेन्द्र भुसाल, सचिवमा सुकमिदिन मिया र सह–कोषाध्यक्षमा बेलाल खान चयन भएका छन्।

सदस्यहरूमा सरिता पाण्डे, टंक प्रसाद आचार्य, इन्द्र गौतम, राजेन्द्र प्रसाद बेल्वासे, रमेश चौधरी, गणेश पन्थी, सीता खनाल, प्रकाश चौधरी र सुर्य बहादुर अधिकारीलगायत गरी २१ सदस्यीय कार्यसमिति गठन गरिएको संघले जनाएको छ।

बिहीबार खरेन्द्रपुरमा सम्पन्न भेलामा केन्द्रीय महासचिव खिमनारायण पराजुलीले नेपालमा “नोटबन्दीको आवश्यकता” रहेको बताउँदै कृषिमा आत्मनिर्भरता र स्वदेशी कच्चा पदार्थको प्रयोगमार्फत व्यापारमा विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ठूला औद्योगिक संस्थाहरूले साना तथा मझौला व्यवसायीको समस्यातर्फ ध्यान नदिएकोले यस्तो संस्था आवश्यक रहेको उल्लेख गर्नुभयो।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द (कपिल) पौडेलले संघ गैरनाफामूलक र गैरराजनीतिक संस्था रहेको भन्दै व्यवसायीको हक–हित र अधिकारका लागि निरन्तर काम गरिरहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma