Developed By Kuldeep Sharma

२ महिना अगाडि

चौधौँ राष्ट्रिय कर दिवस–कृष्णनगरमा शुभकामना आदानप्रदान

कपिलवस्तु । चौधौँ राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व कार्यालय कृष्णनगरले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख कर अधिकृत सुजित कुमार सिंहले उद्योगी–व्यवसायीको समस्या समाधान र कर प्रशासनलाई पारदर्शी बनाउँदै करदातालाई सहज वातावरण प्रदान गर्न कार्यालय सधैं तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले नागरिकहरूले खुसी भएर कर तिर्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कर फिर्ता योजना, एकीकृत कर प्रणाली, भन्सार दर र बजार मूल्यमा समानता, उधारो कारोबार असुली सहज बनाउने, प्यान कारोबारको वार्षिक सीमा ५० लाखदेखि १ करोडसम्म पुर्‍याई ०.५० प्रतिशत टर्नओभर कर लागू गर्ने सुझाव राख्नुभयो । साथै सीमावर्ती क्षेत्रमा बढ्दो राजस्व छली नियन्त्रणको आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, उहाले प्रभावकारी कर शिक्षा, करदाताको सम्मान, नोक्सानीमा परेको कारोबारमा कर समायोजन गर्ने व्यवस्था सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले कर शिक्षालाई अझ व्यापक बनाउँदै व्यवसायी र कर कार्यालयबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो । तीन पटकसम्म उत्कृष्ट करदाता बन्न सफल सिनर्जी सहकारीका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले यो सम्मानले संस्थालाई अझ जिम्मेवार बन्न प्रेरणा दिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma