Developed By Kuldeep Sharma

२ महिना अगाडि

कार्यालय सचिव छोडेका थारु अध्यक्षमा निर्वाचित

 

कुनै बेला कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उत्तम चौधरीले अध्यक्ष यज्ञ बहादुर बेल्वासे लाई पराजित गरेका छन्। चौधरी र बेल्वासेबीच सम्बन्ध विग्रिएपछि चौधरीले जागिर समेत छोडेका थिए। त्यसपछि उनले बेल्वासेको कार्यशैलीको आलोचना गर्दै आफू नै अध्यक्ष बन्ने दाबी सार्वजनिक रूपमा गर्दै आएका थिए। अन्ततः मतदाताको विश्वास हासिल गर्दै चौधरीले बेल्वासेलाई ८२ मतको फराकिलो अन्तरले पछि पार्दै विजय प्राप्त गरेका छन्।

शिवराज नगरपालिका–३ र ५ मा अवस्थित रहतावल सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न निर्वाचनमा उत्तम चौधरी नेतृत्वको प्यानल विजयी भएको छ। नेपाली कांग्रेस र राप्रपाको समर्थनमा प्रतिस्पर्धामा उत्रिएका चौधरीले एमाले समर्थित यज्ञ बेल्बासेलाई पराजित गर्दै अध्यक्ष पद सुरक्षित गर्न सफल भएका हुन्।

अध्यक्षमा चौधरीले ३३३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी यज्ञ बेल्बासेले २५१ मत पाए।

उपाध्यक्षमा राजकुमार थारुले ३४६ मत ल्याउँदै विजयी बने भने उनका प्रतिस्पर्धी तिलकराम जोगी कुँवरले २३२ मत प्राप्त गरेका छन्।

सचिव पदमा कौशिल्या थारुले ३३२ मत ल्याउँदै निर्वाचित भएकी छन्। प्रतिस्पर्धी बबिता थारुले २४८ मत प्राप्त गरिन्।

सहसचिवमा बलिराम थारुले ३१९ मत प्राप्त गर्दै विजय हासिल गरे भने आशराम थारुले २६० मत पाए।

कोषाध्यक्षमा बिमला बेल्बासे ३३४ मतसहित निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी सीता चौधरीले २४४ मत प्राप्त गरिन्।

यसैगरी, सदस्य पदमा हात्ति चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवार विजयी भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको समिति स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma