Developed By Kuldeep Sharma

२ महिना अगाडि

कपिलवस्तुको शिवराज १ र ५ लाई जोड्ने खोलामा कल्भर्ट शिलान्यास

कपिलवस्तुको शिवराज नगरपालिका–१ र ५ लाई जोड्ने नौडिहवा जवाइ खोलामा कल्भर्ट निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेलबासे र वडा नं. १ का अध्यक्ष खिमविक्रम केसीले संयुक्त रुपमा शिलान्यास गर्दै कामको सुरुवात गर्नुभएको हो।

चैनपुर सुकुम्बासी टोलदेखि भलुही जोड्ने यो खोलामा कल्भर्ट नहुँदा वर्षौंदेखि स्थानीयवासीले आवतजावतमा ठूलो समस्या झेल्दै आएका थिए। शिलान्यास समारोहमा बोल्दै नगरप्रमुख थापाले कल्भर्ट निर्माण सम्पन्न भएपछि नागरिकहरूको दैनिक आवतजावत सहज हुने र विकासप्रतिको विश्वास थप मजबुत हुने बताउनुभयो। उहाँले ठेकदार कम्पनीलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै स्थानीयवासीलाइ कामको अनुगमन गर्न समेत आग्रह गर्नुभयो।

उपप्रमुख शिवकुमारी थारुले विगतमा बजेट अपुग हुँदा काम अघि नबढेको तर यो वर्ष बजेट थप गरी एकमुष्ठ रूपमा निर्माण सुरु गरिएको बताउनुभयो। पुल निर्माणपछि वडा १ र ५ का बासिन्दालाई दीर्घकालीन लाभ हुने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ५ का अध्यक्ष नेत्र बेलबासेले लामो प्रयासपछि कल्भर्ट निर्माण सुरु हुन लागेकामा खुशी व्यक्त गर्दै बर्खायाममा पानी बढ्दा स्थानीयले भोग्नु परेको समस्या अब अन्त्य हुने बताउनुभयो। स्थानीय एम. बी. सुनारले पनि पुल निर्माणका लागि बजेट बिनियोजन गरिदिएकोमा नगरप्रति आभार व्यक्त गर्नुभयो।

रोयल लुम्बिनी कन्स्ट्रक्सन प्रालिले कुल ५१ लाख ३४ हजार ५८६ रुपैयाँ लागतमा २०८३ जेठ ३० गतेभित्र सम्पन्न गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma