Developed By Kuldeep Sharma

१ महिना अगाडि

कपिलवस्तु–३ मा चुनाव जित्ने दाउमा खान

कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार एहशान खान जनमुखी योजना र स्पष्ट राजनीतिक दृष्टिकोणसहित चुनावी मैदानमा होमिनु भएको छ। जनताको आवश्यकता, समस्या र आकांक्षालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धतासहित उहाँले चुनावी अभियानलाई तीव्र बनाउनु भएको हो।

चुनावी भेटघाट क्रममा उम्मेदवार खानले क्षेत्रका विभिन्न गाउँ–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ। भेटघाटका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सुशासनलाई आफ्नो प्रमुख प्राथमिक एजेन्डाका रूपमा प्रस्तुत गर्नुभएको छ।

विशेषगरी युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, कृषकलाई अनुदान तथा आधुनिक प्रविधिमा पहुँच दिलाउने र विपन्न वर्गलाई राज्यका सेवासुविधासँग जोड्ने योजना आफ्नो मुख्य प्रतिबद्धता रहेको उहाँले बताउनुभयो। जनताको भरोसा र समर्थन प्राप्त भइरहेको भन्दै उम्मेदवार खानले यसपटक कपिलवस्तु–३ बाट विजय हासिल गर्ने दाबीसमेत गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma