Developed By Kuldeep Sharma

१ हप्ता अगाडि

एहसान खानको पक्षमा मतदाता उत्साहित

 

कपिलवस्तु । एहसान अहमद खानको पक्षमा कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जनसमर्थन बढ्दै गएको देखिएको छ। सलिन, भद्र र सबै वर्ग तथा समुदायसँग सहजै घुलमिल हुने व्यक्तित्वका कारण खानलाई एक सशक्त र लोकप्रिय उम्मेदवारका रूपमा मतदाताले लिन थालेका छन्।

कृष्णनगर नगरपालिका निवासी खान नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ। उहाँ लामो समयदेखि औद्योगिक क्षेत्रमा लगानी गर्दै आउनु भएको छ। आफ्नो व्यावसायिक यात्रामार्फत उहाँले सयौँ स्थानीय युवायुवतीलाई रोजगारी प्रदान गर्दै आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आउनु भएका खान शिक्षा, स्वास्थ्य, विपन्न वर्गको सहयोग तथा विभिन्न सामाजिक सेवामूलक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनु भएको स्थानीयहरूको भनाइ छ। जनताको दुःख–सुखमा साथ दिने स्वभाव र सहयोगी भावनाका कारण उहाँप्रति जनविश्वास र सम्मान बढ्दै गएको छ।

कपिलवस्तु–३ का मतदाताको आवश्यकता र जनभावनालाई नजिकबाट बुझेका खानले विकास, रोजगारी सिर्जना र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाउनु भएको छ। सरल जीवनशैली, स्पष्ट दृष्टिकोण र कर्ममा विश्वास गर्ने नेताका रूपमा चिनिनु भएका उहाँलाई मतदाताले आशा र भरोसाका साथ हेरेका छन्।

खानले मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै आफ्नो चुनाव चिन्ह “तारा” मा मतदान गर्न अपिल गर्नु भएको छ। उहाँको पक्षमा बढ्दो जनसमर्थनले निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma