Developed By Kuldeep Sharma

१ महिना अगाडि

सुर्खेतकी बालिका हत्याको विरोधमा चन्द्रौटामा प्रदर्शन

सुर्खेतकी बालिका इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने मागसहित कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटामा विरोध कार्यक्रम आयोजना गरिएको छ।

स्थानीय युवाहरु तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागितामा आयोजित कार्यक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिएको थियो। सहभागीहरुले बालिका इनिशा विकलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै युवा नेता रामु सुनारले सुर्खेतकी बालिका इनिशा विकमाथि भएको जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दै पीडित परिवारलाई न्याय दिलाउन सबैले आवाज उठाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा एम.बी. सुनारले बालिका इनिशा विकको हत्या प्रकरण मानवता विरुद्धको गम्भीर अपराध भएको बताए। उनले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले कडा कदम चाल्नुपर्ने बताए।

प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्डसहित शान्तिपूर्ण र्‍याली निकाल्दै “इनिशालाई न्याय दे”, “दोषीलाई कारबाही गर” लगायतका नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma