
कपिलवस्तु — मदिरा व्यवसायी संघ कपिलवस्तु ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न तहका व्यवसायी, सरोकारवाला तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष कुलचन्द्र सिग्देलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघको गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उनले व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सनम सेर्पाले निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्नुपर्ने धारणा राख्दै व्यवसायीहरूको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताए।
त्यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापाले विद्यार्थी तथा उमेर नपुगेका व्यक्तिलाई मदिरा बिक्रीमा कडाइका साथ रोक लगाउनुपर्नेमा जोड दिए। उनले यस विषयमा व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरे।
कार्यक्रममा मदिरा व्यवसायी संघका प्रदेश अध्यक्ष सम्भु भट्टराई, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेल, होटल तथा पर्यटन व्यवसायी घनश्याम पौडेल, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्ती लगायतले मन्तव्य व्यक्त गर्दै व्यवसायलाई अनुशासित, सुरक्षित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। संघका महासचिव खगेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रतिक्रिया