Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

कास्केली शिवराज समाजको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा सुवेदी

शिवराजमा कास्केली शिवराज समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
समाजको अध्यक्षमा शिवराज सुवेदी चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा नवराज न्यौपाने र कोषाध्यक्षमा लालबहादुर थापा चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा कमला सुवेदी, शशिधर सापकोटा, शिवराज ओझा, विष्णुहरि सापकोटा र शर्मिला आचार्य चयन हुनुभएको छ। सल्लाहकार संयोजकमा प्रमोद सुवेदी चयन हुनुभएको समाजले जनाएको छ। अधिवेशनले समाजलाई थप सशक्त र संगठित बनाउँदै सामाजिक एकता, सहकार्य र विकासका कार्यहरूलाई अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma