
कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगरपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न भएको छ। भेलाले केशर महतरा क्षेत्रीलाई वडा सभापतिमा चयन गरेको छ।
भेलाबाट उपसभापतिमा परशुराम गिरी, सचिवमा जनक भट्टराई तथा अन्य सदस्यहरू समेत चयन गरिएको नगर सभापति बालकृष्ण पाण्डेले जानकारी दिए। उनका अनुसार पार्टीले अन्य वडाहरूमा पनि यस्तै भेला निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।
कार्यक्रममा रास्वपाका नेता रासिद मिर्जा, प्रकाश रजौरिया, लोकेश थापा, विराट केसी र शरद अधिकारीलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, आज नेकपा परित्याग गरी अर्जुन सापकोटा रास्वपामा प्रवेश गरेका छन्। साथै जनता समाजवादी पार्टी (जसपा) बिजयनगरका अध्यक्ष सन्तराम तेली पनि रास्वपामा प्रवेश गरेको पाण्डेले बताए।
प्रतिक्रिया