Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगरमा अध्यक्ष थापाको पहलमा १६५ पक्की शौचालय निर्माण

मोफसल न्यूजडेक्स
साउन १९

कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाको पहलमा गाउँपलिका भित्रका अतिविपन्न परिवारका शौचालय निर्माण भएको छ । जिल्लामा विकास निर्माण अग्र रहेर जनताका प्रिय बनेका अध्यक्ष थापाले संघिय सरकार संग पहल गरी गाउँपालिका भित्र १ सय ६५ पक्की शौचालय निर्माण गरी स्थानियलाई हस्तान्तरण गर्नुभएको छ । ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकाका १६५ गरिब तथा बिपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । केन्द्रिय राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्र्तरगत वडा न ६ का विभिन्न गाउँहरुमा शौचालय निर्माण भएको छ । वडाको खडौचा गाउँमा ११ वटा,बदौरमा ४६ वटा ,प्रेमनगरमा १२ वटा ,छुटपाटीमा ३४वटा ,खजानीमा १७ वटा, डेहवामा ३१ वटा,बिक्षिहवामा १५ वटा घरपरिवारमा शौचालय निर्माण भएको हो ।
रु ५० लाखको लागतमा निर्माण भएका उक्त शौचालय प्रयोग गर्न सुरु गरिएको छ । शौचालय निर्माण गर्न नसकेका गरिब तथा बिपन्न परिवारहरुको पहिचान गरि शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । लामो समयदेखि कच्चि तथा अव्यवस्थित शौचालय प्रयोग गर्ने बाध्य रहेका घरपरिवारलाई शौचालय निर्माण गरेर हस्तानतरण गरिएको उहाँले बताउनुभयो । “सबै शौचालय निर्माण गरि काम सकिएको छ,कतिपयमा वर्षातको समस्याले रिङ राख्न सकिएको छैन” थापाले भन्नुभयो,“पालिकाले लिएको पूर्ण सरसफाई अभियानलाई सफल बनाउन सहयोग गरेको छ, ।” योजना आयोग सँग गाउँपालिकाका सबै वडामा रहेको बिपन्न परिवारमा शौचालय नभएका घरहरुमा निर्माणको लागि माग गरेको भएपनि १६५ वटा मात्र परेको थापाले बताउनुभयो ।
शौचालय निर्माणको लागि वडा स्तरीय उपभोक्ता समिति गठन गरि स्थानियले नै निर्माण गरेको वडा अध्यक्ष प्रेम बहादुर कलवारले बताउनुभयो । शौचालय निर्माणको क्रममा वडा समितिले पटक पटक अनुगमन गरि सम्पन्न भएको उहाँले बताउनुभयो । अझै केहि गाउँका विपन्न नागरिकहरु शौचालय बिहिन रहेकोले गाउँपालिका तथा केन्द्र सरकार सँग माग गरिएको कलवारले बताउनुभयो । बिहान साझको छाक टार्न समस्या परेको बेला शौचालय निर्माण गरिदिएको स्थानिय सुभावती पालले धन्यवाद दिनुभयो । वडाले पटक पटक शौचालय निर्माण गर्न आग्रह गरेपनि पैसाको अभावलले बनाउन नसकेको र अहिले सरकारले गरिदिएकोमा खुसि व्यक्त गर्नुभयो । वडाका गरिब घरपरिवारहरुले खुल्ला चौरमा शौच गर्ने वाध्यता अब हटेको शौचालय निर्माण उपभोक्ता समितिका सचिव दिनेश तिमिल्सेनाले बताउनुभयो । प्रति शौचालय रु ३३ हजार खर्च लागेको बताउदै शौचालय निर्माणमा स्थानियको पूर्ण साथ रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma