Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आज गाइजात्रा पर्व यसरी मनाइदैछ

प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइन्छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन शुरु गरेका हुन्’ भनिँदै आएको छ ।
गाईजात्रा पर्वको दिन दिवंगत आत्माहरुको सम्झनामा पाए गाईनै र नपाए मानिसलाई गाईको रुपमा सिंगारपटार गरेर शहर परीक्रमा गराएर मनाईन्छ ।
आजको दिन काठमाडौं तथा बाहिरका नेवार समुदायका मानिसहरुले आफ्ना मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गर्दछन् ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा पोखरामा, र प्राय नेवारी समुदाय भएका वस्तीहरुमा धुमधामका साथ मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma