Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा आइशोलेशन अस्पताल निर्माण सम्पन्न, छिट्टै संचालनमा आउने (फोटो फिचर)

मोफसल खबर
साउन २४

कपिलवस्तुको शिवराज नगरपालिकामा कोभिड १९ कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारका लागि बनाइएको आइशोलेशन अस्पताल निर्माण कार्य सम्पन्न भएको छ । अस्पताल निर्माण उपभोक्ता समितिले निर्माणको सम्पूर्ण काम सकिएको जनाएको छ ।

२०७७ जेठ ३ गते प्रदेश ५ सरकारका तर्फबाट कोरोना नियन्त्रण लागि आन्तरिक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद के.सी.को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका विभिन्न स्थानिय तहमा कोरोना उपचारका लागी आइशोलेशन अस्पताल निर्माण र संचालन गर्ने गरेको निर्णयलाई कार्यान्वयन गर्दै शिवराज नगरपालिकाले जेठ ४ गते व्यापार संघका अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा निर्माण समिति गठन गरी निर्माणको काम सुरुवात गरेको हो ।


नगरपालिकाको ६५ लाख लागत तथा १० प्रतिशत स्थानियहरुको श्रमदान गरी कुल ७२ लाख ३ हजारमा ३० शैयाको आइशोलेशन अस्पताल तयार भएको निर्माण समितिका अध्यक्ष पोखरेलले बताए ।

५ वटा बेड अटाउने ६ वटा हल, १ वटा स्टोर रुम,१ स्टाफ रुम, १ विरामी चेकजाँच कक्ष, स्टाफका लागी १ वटा एटेच रुम, महिला पुरुषका लागि ६÷६ वटा शौचालय ,बाहिर हात धुने व्यवस्था सहितको अस्पताल तयार भएको पोखरेलले बताए ।

निर्माण समतिले अस्पताल निर्माण सम्पन्न गरे पनि संचालनमा आउन भने केहि दिन लाग्ने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । अस्पताल जाने बाटो बर्षाका कारण विग्रिएकोले बाटो निर्माण पछि, आइशोलेशन संचालन ल्याईने उनले बताए ।

अस्पताल निर्माण सम्पन्न भएको भए पनि अझै फरफार नभएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । अस्पताल भवन निर्माण भैसकेको र अस्पतालका लागी आवश्य अन्य उपकरण सामाग्री खरिद गरी ल्याउन केहि समय लाग्ने हुदाँ करिब १ साता पछि अस्पताल संचालनमा आउने पौडेलले बताए ।


पछिल्लो समय नगरपालिकामा समुदाय स्तरमा नै कोरोना संक्रमित समेत भेटिएकाले छिटो आइशोलेशन अस्पालत संचालनमा आउनु पर्ने स्थानियले बताएका छन । हाल नगरमा ३७ जना सुपादेउराली आइशोलेशनमा उपचाररत छन भने १७ जना राष्ट्रिय मा.वि.को क्वारेन्टाइनमा रहेको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए । आइतबार पुन पिसिआर स्वाब संकलन गरिने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma