Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा लकडाउन भोलिदेखि थप कडाइ

राम अवतार चौधरी
चन्द्रौटा(कपिलवस्तु), २६ साउन ।

कपिलवस्तुको समुदायस्तरमा कोरोनाको संक्रमण बढेपछि भोलि साउन २७ गतेबाट थप कडाइ हुने भएको छ । जिल्ला प्रशासनको सोमबार बसेको बैठकले भोलिबाट थप कडाई गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जनाए ।

जिल्ला अधिकारी पौडेलका अनुसार सोमबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने गरी निर्णय गरेको बताए । एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच अत्यावश्यकीय सेवाभित्र पर्ने खाद्यान्न तथा तरकारी दैनिक किनमेलका लागि बिहान ८ बजे देखि १० बजे सम्म समय तोकिएको जारी सूचनामा उल्लेख गरिएको छ ।गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज ठप्प छन् भने सार्वजनिक यातायात समेत बन्द रहेका छन् । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण बढेको गुनासो क्रम जारी भएपछि यस्तो निर्णय गरिनुका साथै थप कडाइ गरिने भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

अहिले नीजि सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरिएकाले यसले पनि संक्रमण बढाउन सक्ने भएकाले नीजि सवारी संचालनमा पनि रोक लगाइएको छ । यसका साथै सबै होटल तथ रेष्टुरेन्ट, पसलपनि बन्द गर्ने निणर्य गरिएको छ ।कपिलवस्तुमा अहिले तीव्र रुपमा कोरोना संक्रमण दर फैलिए सँगै जोखिम झनै बढेको हो । आइतबार पुष्टी भएका संक्रमितमध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र १ सुरक्षाकर्मी रहेको समेत पुष्टि भएको थियो । यो सँगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma