Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज नगरपालिको भवन निर्माण रोक्न सर्वोच्चको आदेश

मोफसल खबर
सावन २७
कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण कार्य रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । नगरपालिकाले दक्षिण रहतकोलमा भवन निर्माण कार्य सुरु गरेको छ ।
नगरपालिकाले भवन निर्माण गर्न लागेको ठाउँ ऐलानी जग्गा भएको जोत भोग नभएकोले सोहि जग्गालाई उपभोग गर्दै नगरपालिका भवन निर्माण गर्न लागेको हो । नगरपालिकाले भवन निर्माण् गर्न लागेको कित्ता नं. ५७ , ५९ मा कुनै पनि निर्माण कार्य नगर्नु नगराउनु यथास्थितीमा राख्नु भन्ने अन्तरिम आदेश दिएको हो ।
नगरपालिकाले जोतभोग नभएको र ऐलानी जग्गामा भवन निर्माण गर्न लागेको भन्दै आए पनि तारिखराम थारुले आफुले उक्त जग्गामा २०३८ साल देखि नै बसोबास गर्दै आएको र २०७५ को विटौरी कर समेत बुझाएको प्रमाणको आधारमा सुविधा सन्तुलनको दृष्टि विचार गर्दा समेत निवेदनको टुंगो नलाग्दा सम्म सर्वोच्चले निर्माण कार्य रोक्न आदेश गरेको हो । निवेदकको तर्फबाट बरिष्ठ अधिवक्त शेर बहादुर के.सी. तथा अधिवक्ताहरु रामचन्द्र पौडेल र प्रपुषा के.सी.ले गरेको बहस पछि सर्वोच्च अदालतको एकल इजलासमा न्यायधिस दीप कुमार कार्कीले विपक्षी नगरपालिकाको नाममा २०४९ को नियम ४९ बमोजिम अन्तरिम आदेश गर्नुभएको हो ।
नगरपालिकाले २०७६÷०९÷२९ गते मालपोत कार्यालय चन्द्रौटालाई पत्राचार गर्दै साविका विरपुर गा.वि.स.को कित्ता नं. ५८, ५९ मा कुनै पनि संघ संस्था र व्यक्तिको भोग चलन सिफारिस नगरेको, जग्गाको ऐलानी आयस्ता कर आदि असुली नगरेकोले सो जग्गा नगरपालिकाको नाममा निशुल्क दिर्घकालिन रुपमा उपलब्ध गराइदिन पत्रचार गरेको थियो ।
नगरपालिकाले जग्गा ऐलानी र कसैको भोग चलनमा नभएको दावी गर्दै आए पनि सर्वोच्चले तारिखराम थारुले भोग चलन गरेको र कर तिरेको भन्दै निर्माण रोकेको छ । नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सर्वोच्चको आदेश आधिकारीक रुपमा नआएको र आए पछि सो बारे के कसो गर्ने भन्ने विषयमा अगाडी बढ्ने बताउनु भयो । नगरको भवन निर्माणमा अहिले निवेदन दिनेहरुले नैसो जग्गामा भवन निर्माण गर्न पहिले नगरपालिका संग सहमति गरेको समेत उहाँले बताउनु भयो । सर्वोच्चको आदेश पछि नियम कानुन अनुसार अगाडी बढ्ने नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।
नगरपालिका भवन निर्माणमा अहिले सम्म करिब २ करोडको काम भइसकेको भवन निर्माणको जिम्मा पाएको कैलाश एण्ड कम्पनीले जनाएको छ । निर्माणको रोक्ने वा नरोक्ने विषयमा भने नगरपालिकाको आदेश अनुसार हुने पनि निर्माण कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma