Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना उपचारत कपिलवस्तुका २ जनाको मृत्यु

कपिलवस्तुका कोरोना अस्पतालमा उपचार हुदै गरेका २ जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाका गरी २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवतु नगरपालिका– २ जमुहरा टोलका ४२ बर्षीय राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय प्रदीप तेली रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृत्यु भएका गुप्ता कोरोना संक्रमित हुन भने तेलीको भने स्वाब लिए पनी रिपोर्ट आउन बाकीं रहेको छ ।

मृत्यु हुने संक्रमितको लक्षण देखिए पछी उपचारको लागी बुटवल पठाइएको थियो । कपिलवस्तुका थप दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma