Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बुटवलमा भदौ ५ सम्म लकडाउन

सावन २९

रुपन्देही – बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार रातिदेखि लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् ।

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma