Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएको हो । मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप एक सय नौ जना कोरोना सङ्क्रमणपछि निको भएको बताउनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १६ हजार आठ सय ३७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमण कारण सङ्क्रमित हुनेको संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma