कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रु १५ करोडको लागतमा खानेपानी योजनाको काम सुरु भएको छ । प्रदेश सरकार वाट छनोटमा परेको उक्त योजनाको शुक्रवार सिलन्यास गरिएको छ । खानेपानी योजना सुचारु भएसँगै अब शिवपुरबासीले स्वच्छ पिउने पानी पाउने भएका छन् ।
वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले खानेपानी योजनाले शिवपुरबासीमा उत्साह थपिएको बताउनुभयो । ९५ प्रतिशत रोग पानीकै कारणबाट लाग्ने औल्याउँदै वडाध्यक्ष जि.सी.ले स्वच्छ खानेपानी योजनाले शिवपुरबासीलाई स्वास्थ्य लाभमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।योजनाको सफलताको कामना गर्दै उहाँले आगामी दिनमा वडाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
पहिलो पटक छनोट भएको स्थानमा पानीको समस्या देखिएकोले स्थान परिवर्तन गरेर काम सुरु गरिकएको शिवपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज अधिकारीले बताउनुभयो । अधिकारीले योजना सफल पार्न सबैको सहयोगको चाहिने बताउनुभयो । उहाँले योजनालाई पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सबैले आफ्नो ठानी साथ र सहयोग गरेको छिटो योजनाको काम सम्पन्न हुने दावी गर्नुभयोे । शिवपुर खानेपानीलाई प्रदेशकै नमूना बनाउने योजना रहेकोले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
जिल्लामा रहेको कतिपय योजनाको काम हुन नसकिरहेको बेला शिवपुर खानेपानी काम संचालन गरेको खानेपानी डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख तिलक न्यौपानेले बताउनुभयो । प्रमुख न्यौपानेले बन्दाबन्दीको बिच पनि स्थानीयको सहयोग र सहकार्यले योजनाको काम भइरहेको बताउदै नमूना योजना बनाउन स्थानियहरुलाई आग्रह गर्नुभयो । अहिले रु २५ लाखमा बोरिङ निर्माणको काम भइरहेको छ । रु १५ करोडको लागतमा निर्माण हुन लागेको खानेपानी योजनाले २२०० घरधुरीमा पाइपलाइन विस्तार गर्नुपर्ने छ । उक्त योजना सफल भएमा बलुहवा,मझगाउँ,शिवपुर,कलौनी करहिया लगाएतका गाउँममा शुद्ध खानेपानी पुग्ने छ ।

0Shares