कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नौरङ्गिया बाट अवैध काठ बरामद भएको छ । भारत बाट अवैध रुपमा ल्याउदै गरेको ५५ क्युफिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । अवैध गाठको गुलिया नेपाल ल्याउन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिलाई देखेपछि साईकल छोडेर भागेको नेपालले बताउनुभयो । बेवारिसे अवस्थामा रहेको उक्त काठलाई ठाकुरापुर सब डिभिजन कार्यालयको जिम्मा लगाएको उहाँले बताउनुभयो ।
बरामद भएको उक्त काठ रु ५५ हजार बराबर बजार मुल्य रहेको डिभिजन बन कार्यालय गौतमबुद्धले जनाएको छ । बरामद भएको काठ सब डिभिजन कार्यालय ठाकुरापुर राखिएको छ । काठ कसले कहा लैजानको लागि ल्याएको हो भन्ने केही खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

0Shares