Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको निधन

काठमाण्डौ -वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको आइतबार निधन भएको छ ।

चित्रकारको ७८ वर्षको उमेरमा कलंकीमा रहेको नेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको अर्का वरिष्ठ कलाकार लोक चित्रकारले बताउनु भयो । पुर्ख्यौली रुपमा पौभाकला विधाका सिद्धहस्त कलाकारका रुपमा परिचित चित्रकार लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

नेपाल परम्परागत कलाकार संघका आजीवन अध्यक्ष उहाँ इन्द्रराज्य लक्ष्मी पुरस्कार, अरनिको सम्मान पुरस्कारलगायतबाट पनि पुरस्कृत हुनुहुन्थ्यो ।

चित्रकारको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma