Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नाला सफा गर्ने विषयमा विवाद हुँदा १ जनाको मृत्यु,दुई घाइते

कपिलवस्तुमा पानीको नाला सफा गर्ने विषयमा विवाद हँुदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका ८ सानो नन्दनगरमा नाला सफा गर्ने विषयमा स्थानियहरु बिच विवाद भएको जनाइएको छ । पासी र चमार परिवारका बिचमा झगडा हुँदा ७० को हरिराम पासीको मृत्यु भएको छ । उपचारका लागि भैरहवा लैजाने क्रममा ज्यान गएको थियो । घटनामा परी ६० वर्षकी शुभावती पासी र २० वर्षकी सोनु पासी घाइते भएका छन् । उनीहरुको टाउको र शरिरका विभिन्न भागमा चोट देखिएको छ । आइतबार भएको सामान्य विवाद बढ्दा बढ्दै कुटपिटमा पुगेको थियो । पासी परिवारका ३ सदस्य र चमार परिवारका ५ जना बिच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।घटनामा संलग्न रहेका ४ जना प्रहरी नियन्त्रणमा रहेको अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma